(१) जिल्ला समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—
(क) ऐन तथा यस नियमावली बमोजिम उद्धार गरिएका व्यक्तिको परिचय खुल्ने आधिकारिक कागजात नभएमा त्यस्ता कागजात
बनाउनका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने,
(ख) स्थानीय स्तरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी समितिहरुको गठन गरी परिचालन गर्ने,
(ग) राष्ट्रिय समितिले दिएको निर्देशन बमोजिम जिल्लास्थित पुर्नस्थापना केन्द्रको अनुगमन गर्ने,
(घ) मानव बेचबिखन तथा ओसापसार विरुद्ध जनचेतना अभिबृद्धि गराउने,
(ङ) राष्ट्रिय समितिले बनाएको नीति र योजना अन्तर्गत रही कार्यक्रमको कार्यान्वयन गर्ने,
(च) जिल्लाभित्र मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका व्यक्तिको उद्धार गर्ने,
(छ) मानव बेचबिखन तथा ओसारपसारका विरुद्ध जिल्लामा कार्यरत संघसंस्थाहरु बीच समन्वय गर्ने,
(ज) मानव बेचबिखन तथा ओसारपसारसँग सम्बन्धित लगत तथा अभिलेख अद्यावधिक गर्ने र प्रत्येक तीन महिनामा सो सम्बन्धी
प्रतिवेदन राष्ट्रिय समितिमा पठाउने ।
(२) जिल्ला समितिको सदस्य–सचिवले ऐन तथा यस नियमावली बमोजिम आफूले गरेका काम कारबाहीको विवरण समितिको बैठकमा पेश गर्नु पर्नेछ ।